काठमाडौँ । शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ सयले घटेर ८६ हजार २ सयमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार छापावाला सुन तोलाको ८६ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार ७५० रहेको छ ।
त्यसैगरी आज चाँदी भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १२ सय ७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाईंको प्रतिकृया




