काठमाडौं । हिमालय टेलिभिजन र सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममार्फत प्रसारण हुन लागेको भ्वाइस अफ नेपालको सिजन-३ मा वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड र यसका भगिनी कम्पनीहरु नेटटिभी र नेपाली पात्रोले साझेदारी गरेका छन् ।
फ्रेन्चाइज सिंगिङ रियालिटी शाेका रूपमा चर्चित याे कार्यक्रमका लागि चाहिने इन्टरनेट वर्ल्डलिंकले उपलब्ध गराउने छ । त्यस्तै कार्यक्रमकाे सम्पूर्ण गतिविधिको साझेदारको रुपमा नेटटिभी आबद्ध भएको छ । कार्यक्रमकाे अफिसियल ओटीटी साझेदारको रुपमा नेट टिभी एप्स र सामुदायिक साझेदारका रुपमा नेपाली पात्रो रहेको छ ।
‘हामी हिमालय टिभीले प्रस्तुत गर्न लागेको भ्वाइस अफ नेपाल सिजन-३ को सम्पूर्ण गतिविधिमा आबद्ध हुन पाउँदा खुशी छौ,’ वर्ल्डलिंक कम्युनिकेशन्सका निर्देशक मनोज अग्रवालले भने, ‘यो कार्यक्रमले हाम्रो देशका गायन क्षेत्रका प्रतिभाहरुलाई खोज्न तथा अवसर प्रदान गर्नेछ र हाम्रो उद्देश्य हिमालय टीभीले गरेको कार्यक्रमलाई सहायता गर्नु हो ।’
उनले अगाडि भने, ‘नेपाली जनतालाई नेटटिभीले विभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रम प्रदान गर्दै आइरहेको छ । याे कार्यक्रम हाम्रो आईपी टिभी सेवा जडान गरेका र नेटटीभी एप्सका ग्राहकहरुले हेर्न सक्नेछन् ।’
त्यस्तै असम्पादित विशेष प्रस्तुतिको मनोरञ्जन नेटटिभीको एप्समार्फत पनि लिन सकिनेछ । प्रस्तुतिकरणको कार्यतालिका र यसका अद्यावधिक सूचनाहरु नेपाली पात्रोमार्फत पनि लिन सकिनेछ । शीर्ष प्रतिभाहरुलाई वर्ल्डलिंकले वर्षभर निःशुल्क इन्टरनेट र आईपी टिभी सेवाहरु प्रदान गर्नेछ ।
प्रतिकृया दिनुहॊस