बसको ठक्करबाट स्कुटी चालकको मृत्यु

झापा । झापा शिब सताक्षी नगरपालिका -९ एलम्बर चौक स्थित पुर्व-पश्चिम राजमार्गमा बस र स्कुटी ठक्कर खाई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
 मे१ख २७४६ नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको को३८प ४१९४ नम्बरको स्कुटी एक-आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा स्कुटी चालक ईलाम चुलाचुली -४ का ३८ बर्षीय राजेन्द्र देवान र स्कुटीको पछाडी सवार सोही स्थानका ४० बर्षीय पुर्ण राई घाईते भई बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा दिउसो ११ बजे स्कुटर चालक राजेन्द्र देवानको मृत्यु भएको छ भने अर्का घाईतेको उपचार भईरहेको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया

लेखकबाट थप