राष्ट्र बैंकको डेपुटी गभर्नरमा पहिलोपटक महिला

काठमाडौं । डा. निलम ढुंगाना तिम्सिना नेपालको पहिलो महिला डेपुटी गभर्नर बनेकी छन् । उनलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गरेको हो ।

राष्ट्र बैंकमा हालसम्म कोही पनि महिला डेपुटी गभर्नर भएका थिएनन् ।

२०५४ सालमा सहायक निर्देशकमा राष्ट्र बैंकमा प्रवेश गरेकी तिम्सिनाले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेकी छन् । उनले अस्ट्रेलियाबाट अर्थशास्त्रमा स्नातकोत्तर र भारतको राजस्थानबाट व्यवस्थापनमा पीएचडीसमेत गरेकी छन् ।

हाल उनी राष्ट्र ऋण व्यवस्थापन विभागमा छिन् । सोअघि उनी आन्तरिक लेखा परिक्षणमा थिइन् । झापा स्थायी घर भएकी तिम्सिना बरियताको सुचीमा तेस्रो नम्बरको कार्यकारी निर्देशक पर्छन् ।

त्यसैगरी,बसेको मन्त्रिपरिषद् बैठकले बमबहादुर मिश्रलाई समेत राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको उनीहरु दुवै जनाको नाम डेपुटीका लागि सिफारिस गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री