काठमाडौं । कलकीको ‘अण्डरपास’ असार दोस्रो सातादेखि सञ्चालनमा आउने भएको छ ।पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अण्डरपास’ हो ।चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कोटेश्वर–बल्खुपुल–कलङ्की चक्रपथ सुधार आयोजना अन्तर्गत अण्डरपास निर्माण अन्तिम चरणमा पुगेको हो ।असार दोस्रो सातासम्म कलङ्की–बाफल भागको ४०० मिटर ‘फिनिसिङ’ को काम सकेर हस्तान्तरणको तयारी भएको छ ।
यो संगै कोटेश्वर–बल्खुपुल–कलङ्की १० दशमलव चार किमी सडकलाई आठ लेनमा विस्तार गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ । नौ किमिको काम सम्पन्न भई एक दशमलव चार किमीको काम मात्र बाँकी रहेको आयोजनाले जनाएको छ ।
प्रतिकृया दिनुहॊस