काठमाडाैँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले बिहान पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो गण्डकी, वागमती र प्रदेश १ का पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा छ।
अपरान्ह पश्चात गण्डकी, वागमती र प्रदेश १ का पहाडी भू-भागका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
आज राति देशका पहाडी भू-भागहरुमा आंशिक बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ को पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
तपाईंको प्रतिकृया




