विश्वको सबैभन्दा जेष्ठ नागरिकले ओलम्पिकको टर्च बोक्ने

काठमाडौँ । जापानमा मे महिनामा हुनलागेको ओलम्पिकमा विश्वको सबै भन्दा वृद्द मानिसले एक सय १८ वर्षको उमेरमा ओलम्पिक टर्च बोक्ने भएकी छिन् ।

दुई पटक सम्म क्यान्सरलाई पराजित गरिसकेकी छिन्, उनले दुईवटा विश्वव्यापी महामारीको सामना गरिसकेकी र फिजी ड्रिंक मन पर्ने, केन टानाकाले फिकुओका प्रान्तमा रहेको उनको घरबाट ओलम्पिकको फ्लेम पास गर्ने भएकी छिन् । उनको परिवारको सदस्यले ह्विलचियरमा सय मिटर दुरी पुरा गर्न सहयोग गर्ने छन् बहने उनी आफैंले केहि पाइला हिड्नेछिन् ।

एक सय १० वर्ष भन्दा धेरै उमेर भएकी टानाकाको केहि पाइला पछि अर्को रनरलाई टर्च पास गर्नेछिन् । उनले जनवरीमा जन्मदिनको अवसरमा आफ्नो परिवारले दिएको उपहार, जुत्ता लगाएर ओलम्पिकको टर्च उचाल्ने बताएकी छिन् ।

उनको ६० वर्षीय नाति इजी टानाका भन्छन्, यस उमेरमा पुग्नु निकै खुसीको कुरा हो, तर उनले आफ्नो जीवनशैली सक्रिय राखेकी छिन् र उमेरलाई बाधाको रुपमा कहिले लिएकी छैनन् । पछिल्लो रेकर्ड होल्डर, ब्राजिलको १०६ वर्षीय एडिया गामानक्युले सन् २०१६ को ओलम्पिकमा टर्च बोकेका थिए र सन् २०१४ मा टेबलटेनिस खेलाडी एलेक्जेन्डर काप्टारेन्कोले सोची विन्टर गेम्समा १०१ वर्षको उमेरमा टर्च उठाएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालको लगातार तेस्रो हार, वेस्ट इन्डिजलाई एक खेल अगावै सिरिज उपाधि

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको छ । विहिबार …

प्रतिकृया दिनुहॊस