प्रतिनिधिसभा बैठकमा कांग्रेस कसरी प्रस्तुत हुन्छ ?

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । आइतबारदेखि प्रतिनिधिसभा सुरु हुने भएपछि पार्टीको धारणा बनाउन प्रमुख प्रतिपक्षी दल कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो ।

बैठक दिउँसो १ बजे संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार संसदीय दलको बैठकपछि मात्रै कांग्रेसले वर्तमान राजनीतिक विषयमा निर्णय लिनेछ । प्रतिनिधिसभा बैठकमा कांग्रेस कसरी प्रस्तुत हुन्छ भन्ने जिज्ञाशामा उनले भने, ‘आजको बैठकबाट सांसदको राय-सुझाव लिएर निर्णय लिइनेछ ।’

प्रतिनिधिसभाको बैठक बस्ने दिनसम्म विकसित हुने राजनैतिक घटनाक्रमलाई विश्लेषण गरेर मात्रै कांग्रेसले निर्णय गर्ने उनको भनाई छ । कांग्रेसभित्र अब बस्ने प्रतिनिधिसभालाई कसरी उपयोग गर्ने भन्ने विषयमा देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच फरक-फरक मत रहँदै आएको छ ।

यसअघि बिहीबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले संयमता र एकताका साथ मुलुक र संविधानको दूरगामी भविष्य तथा जनताको अपेक्षानुसार निर्णय लिने निष्कर्ष निकालेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds