एनएमबिका ग्राहक तथा कर्मचारीले बी एण्ड बी अस्पतालमा १० प्रतिशत छुट पाउने

काठमाडौं । एनएमबि बैंकले ग्राहक तथा कर्मचारीहरुलाई बी एण्ड बी अस्पतालबाट उपलब्ध गराईने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा छुट पाउने भएका छन् ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र बी एण्ड बी का तर्फबाट प्रमुख प्रशासक प्रकाश भट्टराईले हस्ताक्षर गरे ।

बैंकका ग्राहक तथा कर्मचारीले अस्पतालको सेवाहरुमा १० प्रतिशत छुट पाउने भएका हुन् ।

यस्तै अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डरलाई फार्मेसीबाट औषधी खरिद गर्दा ५ प्रतिशत र अन्तरंग ९भर्ना० मा ७ प्रतिशत छुट उपलब्ध गराउने छ ।

छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईटको एनएमबि भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री