उपचारमा पनि सिण्डिकेट ! डा.देवकोटाको उपचारमा भइरहेको गतिविधि

काठमाडौं । बरिष्ठ स्नायु रोग विशेषज्ञ डा.उपेन्द्र देवकोटाको उपचारमा आयुर्वेदिक औषधिको पनि प्रयोग भएको समाचार प्राप्त भएको छ । तर आयुर्वेद उपचारमा प्रयोग भएको औषधिको बारेमा केही अस्पष्टता रहेको समाचार स्रोतबाट थाहा लाग्छ ।

डा. ऋषिराम कोइरालामार्फत चलाइएको आधुनिक आयुर्वेदिक औषधिले शुरुमा अपेक्षा गरिएको परिणाम दिन नसकेपछि डा. कोइरालाले औषधिको लागि परम्परागत आयुर्वेद वैद्यले बनाएको औषधि चलाउन थालेको भन्ने छ ।

स्रोतका अनुसार नेपालमा परम्परागत आयुर्वेद चिकित्साकर्मीहरु प्रसस्तै रहेको र भलै सरकारले खासै मान्यता नदिएको भएपनि समाजले परम्परागत आयुर्वेद चिकित्सालाई अप्नाउँदै आएको बताइन्छ ।

आयुर्वेदमा एकाडेमिक र परम्परागत गरी दुईपक्ष रहेको बुझिन्छ । शुरुमा डा. कोइरालाले भस्मादि रसादि औषधि चलाएका रहेछन् । त्यो औषधिबाट खासै सुधार आएनछ ।

झन मिर्गौलामा खराबी भइ क्रेटिनाइन र पेटमा पानी बढेछ । अनि केही सल्लाह गर्न कोइरालाले मलाई बोलाउनु भो । मैले उपेन्द्र डा.सापको उपचारको टिममा मेरो पनि उपस्थिति देखिने हो भने मैले औषधि बनाएर दिन्छु भने, पछि मेरो संलग्नता देखाउन डा. कोइरालाले नसक्ने जस्तो कुरा भएपछि म पछि हटें ।

उपचारमा पनि यस्तो सिण्डिकेट, यस्तो संकिर्णता ? अहिलेलाई आफ्नो नाम नखुलाउने सर्तमा एक वैद्यले भने । त्यस पछि डा. कोइरालाले अर्का परम्परागत वैद्यले बनाएको औषधि ल्याएर चलाएका बुझिएको छ ।

यो जानकारी पाएपछि हामीले अर्का एक जना वैद्यराज दीपक सुवेदीलाई संपर्क गरी केही जिज्ञाशा राख्यौंं । आफू डा. उपेन्द्रलाई भेट्न गएको तर आफ्नो औषधि नचलाएको बताए ।

आफू दुर्घटनामा पर्दा डा.उपेन्द्रले उपचार गरेको सम्झदै वैद्यराज सुवेदीले भने म डा. देवकोटालाई भेट्न चाहीँ गएको हुँ, ज्योतिषी पनि भएको नाताले उहाँको जन्म मिति पनि टिपेर ल्याएर उहाँको दशा ग्रह हेरेपछि आफ्नो सल्लाह फोन गरेर उहाँको फोन रिसिभ गर्ने कार्की थरका व्यक्तिमार्फत दिएको बताए । भेट्मा आयुर्वेद औषधिको बारेमा डा.उपेन्द्रसँग कुरा चाही भएको हो, सुवेदीले भने ।

वैद्यराज दीपक सुवेदीका अनुसार नेपालको परम्परागत आयुर्वेद क्षेत्रसँग कतिपय असाध्य मानिएका रोगहरुको पनि उपचार कला, विद्या र औषधि छन् । तर राज्यको वेवास्ताको कारण त्यो नीधि हराउँदै जान थाल्यो ।

सबै परम्परागत चिकित्सा कर्मीलाई राज्यले कानूनी दायरामा ल्याएर सम्बोधन गर्न अझै सकेको छैन । बरु विभिन्न खालका प्रताडन गरिरहेको छ ।

कतिपय अवस्थामा परम्परागत वैद्यहरुले अन्यत्रबाट आश मारिसकेका रोगीहरु, घाटमा पुर्याइसकेका रोगीहरुलाई पनि पुनर्जीवन दिएका छन् ।

यहाँहरुले पनि विभिन्न माध्यमबाट समाचारहरुमा सुन्नु भएको, पढ्नु भएको वा देख्नु भएको होला कि आर्यघाटका वैद्यले अस्पतालले मर्यो भनेर पठाएको विरामीलाई ठिक गरेर घर फर्काए भन्ने जस्ता खबरहरु ।

हामीले औषधि खुवाएर मिर्गौला रोगीको के्रटिनाइन घटाएका छौं, क्यान्सर रोगीको आयु लम्ब्याएका छौं, नेपाल आयुर्वेदीय संस्थाका सहमहासचिव समेत रहेका वैद्यराज सुवेदीले भने ।

सरकारले वेवास्ता गरेको छ, कानूनि निकास छैन, औषधोपचारको मामला छ, विरामी पनि मान्छे हो तलमाथि पर्नसक्छ । विभिन्न अप्ठ्याराहरु हुन्छन् ।

त्यसैले आफूहरुले विरामी तथा विरामीकाआफन्तसँग पहिलानै बताएरमात्रै उनीहरुको मञ्जुरीमा औषधि दिने गरेको काठमाडौंको कमलपोखरीमा ॐ आयुर्वेद आरोग्यशाला सञ्चालन गर्दै आएका सुवेदीको भनाइछ ।

सामान्य व्यक्तिको कसले खोजीनिति गर्छ र ? डा. उपेन्द्र देवकोटालाई परेको जस्ता समस्या धेरैलाई पर्ने गर्छ । यस्ता समस्यामा सिण्डिकेट हटाएर, सहकार्यको भावनाले आधुनिक चिकित्सा, आयुर्वेदिक चिकित्सा, परम्परागत आयुर्वेदिक चिकित्सा, प्राकृतिक चिकित्सा सबैको टिमले मिलेर उपचार दिने हो भने धेरै रोगमा सफलता प्राप्त गर्न सकिन्छ वैद्यराज सुवेदीको भनाइ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री