माछापुच्छ्रे बैंकको तीन नयाँ शाखा, दुई शाखारहित बैंकिङ सेवा पनि

काठमाडौं। माछापुच्छ्रे बैंकले तीन शाखा र दुई शाखारहित बैंकिङ सेवा थप गरेको छ। बैंकले धरान उपमहानगरपालिका, भोजपुर नगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिकामा शाखा खोलेको  छ।
बैंकको नयाँ शाखाबाट कर्जा, निक्षेपका साथै सम्पूर्ण बैंकिङ सुविधा उपलब्ध हुने छ। बैंकले कञ्चनपुरको वेलडांडी र भिमदत्तनगरमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको हो। बैंकको शाखा संख्या अब ७७ पुगेको छ। दुई एक्सटेन्सन काउन्टर र २१ शाखारहित बैंकिङ सेवा पुगेका छन्।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री