प्रधानमन्त्रीलाई बाबुरामकाे प्रश्न- अब सत्तामा बस्ने नैतिक अधिकार कसरी रहन्छ ?

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको नैतिक अधिकारमाथि प्रश्न उठाएका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार विराटनगरमा आयोजित कार्यक्रममा अदालतले विघटित संसद पुनःस्थापना गरे आफूहरुले आन्दोलन गर्ने बताएका थिए । यही अभिव्यक्तिलाई लिएर डा. भट्टराईले उनीमाथि प्रश्न उठाएका हुन् ।

सामाजिक सन्जाल ट्विटरमार्फत डा. भट्टराईले ‘देशको प्रमले नै ‘कुनै सेटिङ–फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन’ भन्छन् भने त्यस्ता व्यक्तिलाई सत्तामा बस्ने नैतिक अधिकार कसरी रहन्छ ?’ भन्दै प्रश्न गरे ।

उनले यसलाई लोकतन्त्रमाथिको भद्दा मजाकको पनि संज्ञा दिएका छन् । ‘यो लोकतन्त्रमाथि भद्दा मजाक नभए के हो ? सत्ता कब्जा गरेर बस्नेको संलग्नता बिना कसले सेटिङ गर्ने हो ? अदालतमाथिको दबाब पुष्टि भएन र ?’ भट्टराईले अगाडि लेखेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झ्याप्ले खोलामा मर्मतपछि सडक दुई तर्फी सुचारु

काठमाडौँ । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ । १२ बजेदेखि नै बन्द …

प्रतिकृया दिनुहॊस

This will auto close after