काठमाडौं । कुमारी बैंक र ठमेल पर्यटन विकास परिषदबीच ठमेल पर्यटन व्यवसाय पुनर्जीवन कर्जा सेवा उपलब्ध गराउने सम्बन्धमा सहकार्य भएको छ ।
उक्त सहकार्यअन्तर्गत ठमेल पर्यटन विकास परिषद्मा आबद्ध रजिष्टर्ड सदस्य व्यवसायीहरुलाई उक्त कर्जा सुविधा प्रदान गरिने छ ।
यसरी प्रदान गरिने अधिविकर्ष तथा चालु पुँजी कर्जा लगायत आवधिक कर्जाको सीमा अधिकतम १५ लाख रहने छ ।
उक्त कर्जाहरु व्यवसायको संचालन तथा प्रशासनिक खर्च व्यवस्थापनको लागि लगानी गर्ने बैंकले जानकारी दिएको छ ।
उक्त कर्जा, आकर्षक ब्याजदर तथा न्यूनतम प्रशासनिक शुल्कमा प्रदान गरिने बैङ्कले जनाएको छ ।
तपाईंको प्रतिकृया



