पुस्कर पाैडेल
धनगढी । कैलालीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका ५ स्थित अन्डैयामा पाटे बाघको आक्रमणबाट २५ बर्सिया कला धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
जङ्गलमा घाँस काट्न गएको बेला महिलालाई बाघले आक्रमण गरेर लगेको थियो ।
बाघले लगेको ठाउँ भन्दा केही पर उनको शव फेला परेको जिल्ला जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । पछिल्लो केही दिन यता कैलालीमा बाघको आक्रमण बढ्न थालेको छ । ३० माघमा कैलारी गाउँपालिकामा पनि एक व्यक्तिलाई बाघले आक्रमण गरेर घाइते बनाएको थियो ।
तपाईंको प्रतिकृया




