काठमाडाै । महालक्ष्मी विकास बैंक लि. कोे सञ्चालक समितिको ४७५ औं बैठकले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साललाइ बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्नुका साथै बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएकाे छ ।
बिगत १२ बर्षदेखि महालक्ष्मी बिकास बैंकमा कार्यरत लम्सालको बिभिन्न वाणिज्य तथा विकास बैंकको सम्पूर्ण क्षेत्रहरुमा २५ बर्षको बैकिङ्ग अनुभब रहेको छ । केन्द्रीय बैंकको नीति नियम भित्र रहेर सम्पूर्ण ग्राहक, शेयरधनी तथा कर्मचारीहरुको हितमा कार्य गर्दै गुणस्तरीय सेवा तथा उचित प्रतिफल प्रदान गर्न आफु अग्रसर हुने लम्सालले बताएका छन् ।
तपाईंको प्रतिकृया




