जनयुद्ध शुरु गर्नुअघि पृथ्वीनारायण शाहको युद्ध कलाबाट प्रभावित थिए : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध शुरु गर्नुअघि आफुले पृथ्वीनारायण शाहको युद्ध कला बारे अध्ययन गरेको र त्यसबाट प्रभावित भएको बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित शहिद स्मृति तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पृथ्वीनारायण शाहको युद्ध कलाबाट आफु प्रभावित भएको बताएका छन् ।

उनले भने, ‘मैले जतिबेला जनयुद्धको तयारी गर्ने भनेको थिए त्यति बेला शिक्षा लिन खोजेको पृथ्वीनारायण शाहको युद्ध कलाबाट नै हो । समृद्ध रहेका राज्यहरुलाई सानो र कमजोर मानिएको राज्यले कसरी जियो भन्ने शिक्षा लिन सकिन्छ ।’

अहिले जनयुद्धबाट प्राप्त ऐतिहासिक उपलब्धिमाथि प्रहार भएको बताउदै प्रतिगमनलाई आफुहरुले परास्त गर्ने बताए । ओली अहिले ठुलो भ्रममा रहेको बताउदै प्रचण्डले जति सक्यो छिटो ओलीको भ्रम तोडिने बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री