नेपाल लाइफको खुद नाफा २२.४७ प्रतिशतले वृद्धि

काठमाडौं ।  नेपाल लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा २२.४७% बढाउन सफल भएको छ ।

गत आर्थिक वर्षको पुस मसान्तसम्म ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले ७ करोड ८८ लाख रुपैयाँले वृद्धि गरी ४२ करोड ९७ लाख रुपैयाँ पुर्याएको छ ।

गत वर्ष यसले १३ अर्ब ९१ करोड रुपैयाँमात्रै खुद बिमा शुल्क आर्जन गरेको थियो । यसअवधिमा नेपाल लाइफको जीवन बिमा कोषको आकार ३०.५३% ले बढेर १ खर्ब १ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।

गत वर्ष यसको जीवन बिमा कोषमा ७७ अर्ब ५९ करोड रुपैयाँ थियो । हाल नेपाल लाइफको चुक्ता पुँजी ७ अर्ब १९ करोड रुपैयाँ छ । जगेडा कोषमा १ अर्ब ५ करोड ३४ लाख रुपैयाँ जम्मा भएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सन नेपालको हकप्रद शेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त

काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ …

प्रतिकृया दिनुहॊस