राष्ट्र निर्माणको अभियानमा अग्रसर हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभियानमा एकतावद्ध भएर अग्रसर हुन आह्वान गरेका छन् । सोनाम तथा ग्याल्बो ल्होछारको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

सरकार समृद्ध मुलुक निर्माणको अभियानमा अग्रसर भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो अभियानमा एकतावद्ध भएर लाग्न आम नागरिकलाई आग्रह गरे । ‘ऐतिहासिक जनआन्दोलनबाट स्थापित लोकतन्त्रिक गणतन्त्रको सम्वद्र्धन गर्दै सामाजिक न्याय, समानता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, स्वाधीनता र देशभक्तिलाई केन्द्रमा राखेर समृद्ध मुलुक निर्माणमा हामी अग्रसर छौँ,’ सन्देशमा भनिएको छ, ‘समृद्घ नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाब्क्षालाई पूरा गर्ने अभियान अघि बढाएका छौँ । राष्ट्र निर्माणको यस अभियानमा एकतावद्ध भएर अग्रसर हुन म सम्पूर्ण जनसमुदायमा आह्वान गर्दछु ।’

विभिन्न संस्कृतिमा आधारित पर्वहरु राष्ट्रिय एकता, पारस्परिक सामाजिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान भएको उनको भनाई छ । ‘संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृति सम्बन्धि विषयलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको छ । विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै नेपालमा विभिन्न भाषा, लिपि, धर्म, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको छ,’ सन्देशमा अगाडि भनिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछानेको तेस्रो दिनको बयान सुरु

काठमाडाैं । सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट रूपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) …

प्रतिकृया दिनुहॊस