महिलाको विदेश भ्रमणबारे कुनै निर्णय भएको छैन : अध्यागमन विभाग

काठमाडौँ । अध्यागमन विभागले ४० वर्षमुनिका महिला एक्लै विदेश जाँदा परिवार र वडाको सिफारिस चाहिने विषयमा कुनै निर्णय नभएको स्पष्ट पारेको छ । आन्तरिक छानबिन कार्यदलबाट सुझाव आएको तर हालसम्म कुनै निर्णय नभएको विभागले स्पष्ट पारेको हो ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै विभागले विभिन्न संचार माध्यममा आएका समाचारहरुका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘आन्तरिक कार्यविधिमा संशोधन गरी पहिलो पटक जोखिम सम्भाव्य मुलुकमा नेपाली महिलाहरु भिजिट भिसामा जाँदा परिवारका सदस्य वा स्थानीय तहको सिफारिस आवश्यक पर्ने गरी निर्णय हुन लागेको भन्ने विभिन्न संचार माध्यममा आएका समाचारहरुका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

सार्वजनिक सरोकारका विषयहरुमा निर्णय गर्दा संविधान प्रदत्त अधिकार, विश्वव्यापी मान्यता, आमजनताको धारणा र कार्यान्वयन सहजतासमेत हेरी नागरिकका मौलिक अधिकार कुण्ठित नहुने गरी निर्णय हुने पनि विभागको भनाई छ ।

हेर्नुहोस्, विभागको विज्ञप्ति :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिपुरमा यात्रु वाहक बस दुर्घटना : एकको घटनास्थलमै मृत्यु, तीन जना घाइते

काठमाडौं । कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने एक यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको …

प्रतिकृया दिनुहॊस