सूचना विभागको कार्ड नहुने पत्रकारले महासंघको कार्ड देखाएर खोप लगाउन पाउने

काठमाडौँ । पत्रकारलाई कोभिड-१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन अब सूचना तथा प्रसारण विभागको परिचयपत्र अनिवार्य नहुने भएको छ ।

यसअघि सूचना विभागको परिचयपत्र अनिवार्य गरिएकोमा अब सूचना विभाग वा नेपाल पत्रकार महासङ्घ दुईमध्ये कुनै एकको परिचयपत्रको आधारमा खोप लगाउन पाउने भएको छन् ।

सूचना तथा सञ्चार मन्त्रालयका शाखा अधिकृत कुमार थापाले मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र लेख्दै दुईमध्ये कुनै एक परिचयपत्रको आधारमा खोप लगाउन व्यवस्था मिलाउन आग्रह गरेपछि मन्त्रालयले सूचना विभाग वा महासङ्घको परिचयको आधारमा खोप लगाउने व्यवस्था गरेको हो ।

सोमबारदेखि पत्रकारलाई निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा खोप दिन थालिएको छ । खोप शुक्रबारसम्म सञ्चालन हुनेछ । अहिलेसम्म करिब ३०० भन्दा बढी पत्रकारले कोभिड-१९ विरुद्धको खोप लगाइसकेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले गर्‍यो ‘स्वस्थ जीवन प्रवर्द्धन’ कार्यक्रम (फोटो फिचरसहित)

काठमाडौं । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौंले ‘स्वस्थ जीवन प्रवर्द्धन’ कार्यक्रम’ कार्यक्रम सम्पन्न गरेको छ …

प्रतिकृया दिनुहॊस