पहिलो चरणमा पाँच र दोस्रो चरणमा दुईवटा प्रदेशमा चुनाव गराउने सरकारको निर्णय

काठमाडौँ । सरकारले आगामी वैशाखमा दुई चरणमा हुने निर्वाचनका लागि प्रदेशको टुंगो लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले वैशाख १७ र २७ मा हुने निर्वाचनका लागि प्रदेशको टुंगो लगाएको हो ।

पहिलो चरणमा वैशाख १७ गते प्रदेश नम्बर १, २, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशमा र दोस्रो चरणमा वैशाख २७ गते बाग्मती र सुदूरपश्चिम प्रदेशमा निर्वाचन गराउने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति तोकिएको थियो । तर, त्यसविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ चलिरहेकाले निर्वाचन हुने वा नहुनेमा आशंका छ ।

यहिबीच, प्रधानमन्त्री केपी शर्मा ओली आजै निर्वाचन आयोग जाँदैछन् । उनले निर्वाचनको तयारी र निर्वाचन सम्बन्धमा मन्त्रिपरिषद्ले गरेका निर्णयबारे छलफल गर्ने बुझिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री