सनराइज बैंकको डेपुटी सीईओमा आरती राणा

काठमाडौं । सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा आरती राणा नियुक्त भएकी छिन् । बैंकको सञ्चालक समितिको बैठकले राणालाई डेपुटी सीईओ पदमा नियुक्त गरेको हो । याे भन्दा पहिले राणा सोही बैंकको डेपुटी जनरल म्यानेजर(डीजीएम) पदमा कार्यरत थिइन् । झण्डै दुई दशकदेखि बैंकिङ्ग क्षेत्रमा रहेकी राणा गत २०७६ असोजमा सनराइज बैंकमा डीजीएमको पदमा नियुक्त भएकी थिइन्  ।

राणाले यसअघि मार्केटिङ, रिटेल बैंकिङ्ग, शाखा प्रबन्धन, कर्पोरेट लेन्डिङ्ग र पूर्वाधार परियोजनादेखि बैंकिङ्ग वित्तिय क्षेत्रको विविध क्षेत्रको भूमिका निभाइसकेकी छिन् । पछिल्लाे समय याे क्षेत्रकाे उच्च स्थानमा पुग्ने महिलाकाे संख्या बढ्दाे क्रममा छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री