काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले बैतडीकी किशोरी भागरथी भट्टको हत्या घटनाको भर्त्सना गरेका छन् । ट्वीट गर्दै उनले घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका हुन् ।
नेता रावलले आफ्नो पार्टी (नेकपा प्रचण्ड-नेपाल) समूहका अध्यक्षद्वयले घटनाको निन्दा गरेको र दोषीलाई कारबाहीको माग गरिसकेको स्मरणसमेत गराएका छन् । उनले अगाडि भनेका छन्, ‘म उक्त घटनाको भर्त्सना गर्दछु । घटनाको तुरून्त अनुसन्धान गरी दोषीलाई कडा कानूनी कारबाही गरियोस् ।’
बैतडी, चडेपानीकी भागरथी भट्टको बलात्कार पछि हत्या घटनाको निन्दा गर्दै हाम्रो पार्टीका अध्यक्षद्वयले दोषीलाई कार्वाईको माग गरिसक्नु भएको छ।म उक्त घटनाको भर्त्सना गर्दछु।घटनाको तुरून्त अनुसन्धान गरी दोषीलाई कडा कानूनी कार्वाई गरियोस् ।
— Bhim Rawal, PhD (@BhimRawal179) February 6, 2021
बैतडीको दोगडाकेदार गाउँपालिका-७, चडेपानीकी १७ वर्षीया भट्ट गएको बिहीबार साँझ मृत अवस्थामा फेला परेकी थिइन् । मृतकका आफन्त शिवराज भट्टले भनेका थिए, ‘मृतकको शरीरभरि निलडाम र घाउ रहेका छन् । कपडा पनि च्यातिएको अवस्थामा छन् ।’




