प्रधानमन्त्रीलाई निरु पालले फेरि भनिन्- संघीयता खारेज गरिदिनुस्

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ निरु पालले फेरि संघीयता खारेज गर्न आग्रह गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रधानमन्त्री ओलीलाई संघीयता खारेज गर्न आग्रह गरेकी हुन् ।

संघीयता नामको सेतो हात्ती नेपालले धान्न नसक्ने उनको तर्क छ । ‘प्रधानमन्त्री ज्यू, यो संघियता नामको सेतो हात्ती हाम्रो मुलुकले धान्दैन मुठ्ठी भर नेता त खुसि छौ कोहि मुख्यमन्त्री, कोहि प्रदेश मन्त्री, कोहि सांसद छौं, तलब भत्तामै देशको ढुकुटि न सिध्याऔं ।’ उनले लेखेकी छन्, ‘जनताले चाहेको अधिकार विकेन्द्रिकरण हो बरु स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाऔं, जनताको घरदैलोमा सर्वसुलब ढंगले सेवा पर्‍याऔं ।’

ओली समूह निकट रहेकी पालले नेताहरुको सुरक्षा पनि कटौती गर्न माग गरेकी छन् । ‘प्रदेश सरकार खारेज गरौं, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्था गरौं ।’ उनले भनेकी छन्, हाम्रो मुलुकले यत्रो तामझाम बेहोर्न सक्दैन, नेताहरुको सुरक्षा पनि कटौती गरौं सम्माननीय प्रधानमन्त्री ज्यु यहि एजेन्डा लिएर जनतामा जाँदा राम्रो हुनेछ। मेरो अनुरोध हजुरलाई ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१५ जना बङ्गलादेशी पक्राउ, अध्यागमन विभागमा बुझाइयो

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका १५ …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds