अब घरमै आइपुग्छ औषधि, १५ प्रतिशतसम्म छुट

काठमाडौं । नियमित औषधि सेवन गरिरहेकालाई औषधि सकिएर किन्न जान नसक्ने समस्या हटेको छ । बिरामीलाई घरमै औषधि उपलब्ध हुने भएको छ । साधना होलसेल फार्मा कम्पनीले सर्वसाधारणलाई आवश्यक पर्ने औषधि घरमै पुर्‍याउने व्यवस्था मिलाएको हो ।

अनलाइन प्रणालीबाट कम्पनीले चिकित्सकको प्रेस्क्रिप्सनअनुसारका औषधि घरमै पुर्‍याउने व्यवस्था मिलाएको छ । यसका निम्ति उपभोक्ताले कम्पनीको वेबसाइटमा गई लगइन गरेर चिकित्सकको प्रेसक्रिप्सन सबमिट गर्दै आफूलाई चाहिएको औषधिका मात्रा पनि उल्लेख गर्नुपर्नेछ । यसरी पठाएको ४८ घण्टाभित्रमै उपभोक्ताको घरमा औषधि डेलिभरी हुनेछ ।

अनलाइनबाहेक फोन, इमेल, ह्वाट्सएप, भाइबरलगायत माध्यमबाट पनि औषधि मगाउन सकिने कम्पनीले जनाएको छ । यसरी औषधि मगाउँदा उपभोक्ताले १५ प्रतिशतसम्म छुटसमेत पाउनेछन् । तत्कालका लागि काठमाडौं उपत्यकाभित्र मात्र सीमित रहेको यो सेवा दुई वर्षभित्र देशका मुख्य-मुख्य सहरमा पुर्‍याउने कम्पनीको लक्ष्य छ ।

औषधि पुर्‍याएपछि बिलअनुसारको नगद भुक्तानी वा ई-सेवाबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ । यो नेपालको औषधि बजारमा नौलो प्रयोगका रूपमा आएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण

काठमाडौं । भक्तपुर क्यान्सर अस्पताल, विकास समितिमा रुपान्तरण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले …

प्रतिकृया दिनुहॊस

This will auto close after