बैतडीमा किशोरीको शव फेला, हत्याको आशंका

काठमाडौँ । विद्यालयबाटै बेपत्ता किशोरीको २४ घण्टापछि जंगलमा शव फेला परेको छ । बुधबार बेपत्ता भएकी सनातन धर्म माबिमा पढ्ने बैतडी दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृत फेला परेकी हुन् ।

बिहीबार साँझ ५ बजेतिर विद्यालयबाट एक किलोमिटर टाढा जंगलमा उनी मृत फेला परेको प्रहरीले बताएको छ । किशोरीको शव फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ । घटनाको अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुर समेत मगाएको प्रहरीले जनाएको छ ।

उनको बलात्कारपछि हत्या भएको आफन्तको आशंका छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झ्याप्ले खोलामा मर्मतपछि सडक दुई तर्फी सुचारु

काठमाडौँ । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ । १२ बजेदेखि नै बन्द …

प्रतिकृया दिनुहॊस

This will auto close after