काठमाडौं। मुक्तिनाथ विकास बैंकले डिजिटल कारोवारलाई उच्च प्राथमिकता दिदै नेपालको यातायात क्षेत्रमा पनि QR मार्फत भुक्तानी लिने कार्यको सुरुवात गरेको छ ।
काठमाण्डौं उपत्यका भित्र संचालनमा रहेको नेपाल यातायात ऐक्सप्रेस प्रा.लि. संग बैंकले संझौता गरी क्यू आर कोड मार्फत भुक्तानी लिने कार्य आजबाट सुचारु गरिएको छ । उक्त कार्यक्रमको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष भरत राज ढकालले गरे ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, नेपाल यातायात समितिका अध्यक्ष गोपाल गुरुङ्ग , बैंकका कर्मचारीहरु, यातायात व्यवसायी तथा ग्राहक वर्गहरुको उपस्थिती रहेको थियो ।
नेपाल यातायातको बसमा यात्रा गर्ने यात्रीहरुले बसमा भएको मुक्तिनाथ बैंकको क्यू आर कोड स्क्यान गरी डिजिटल रुपमा भाडा बापतको रकम भुक्तानी गर्न सक्नेछन् ।
यातायात क्षेत्रमा यो व्यवस्था गर्नाले खुद्रा पैसा सटहीको समस्याबाट मुक्ती पाईने, नोटको हिफाजतमा बृद्धि हुने साथै कोरोनाबाट बच्न पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
प्रतिकृया दिनुहॊस