लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी र हिमाली जिल्ला जोड्ने एक मात्र बेंसीसहर-चामे सडक मंगलबारदेखि तीन दिनका लागि बन्द भएको छ ।
जिल्ला प्रशासन कार्यालयहरूले एक विज्ञप्ति जारी गरेर लमजुङ र मनाङ जोड्ने त्यस सडकको स्तरोन्नति गर्नका लागि मङ्गलबार बिहान १० बजेदेखि बिहीबार राति १० बजेसम्मका लागि पूर्णरुपमा बन्द गरिने जनाएका हुन ।
सडकखण्डअन्तर्गत लमजुङको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिका– ४ स्यागेनिरको सडकमा ढलान कार्य हुने र त्यस ठाउँमा सडक निकै साँघुरो भएकाले सानाठूला सबै प्रकारको गाडी आवतजावतमा पूर्ण रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले जानकारी दिए ।
तपाईंको प्रतिकृया




