फाइल फाेटाे

नागरिक आन्दोलनमा दमन ‘ओलीतन्त्र’को अन्त्यअघिको छटपटी : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले नागरिक आन्दोलनमा दमन गर्नु ‘ओलीतन्त्र’ अन्त्यको संकेत भएको बताएका छन् । सोमबार बालुवाटारमा नागरिक आन्दोलनका अगुवामाथि निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले दमन गरेपछि थापाले यस्तो बताएका हुन् ।

पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भन्दै आन्दोलनमा उत्रिएको नागरिक अगुवाहरुको समूहमाथि प्रहरीले लाठी र पानीको फोहरा हानेर दमन गरेको हो । कमल पोखरीको माटोको टीको लगाएर मार्च गर्दै बालुवाटारस्थित निषेधित क्षेत्रमा पुगेका नागरिक अगुवामाथिको दमनले सरकारको तीव्र आलोचना भइरहेको छ ।

यस्तोमा नेता थापाले पनि ओलीको अन्त्यको समय आएको बताएका हुन् । ‘नागरिकको आन्दोलनमाथिको दमन र गिरफ्तारी ओलीतन्त्रको अन्त्य हुनु अघिको फटफट्याइँ हो’, उनले भनेका छन्, ‘तानाशाहहरू ढल्नुअघि नागरिकलाई यसरी नै हेप्छन्, अनि आफैँ सकिन्छन् ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस