काठमाडौं । अमेरिकी डलरसंग नेपाली रुपैयाँ कमजोर हुदै गएको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि बिक्री दर १ डलर बराबर १०८ रुपैयाँ ३२ पैसा तोकेको छ । वैशाख शुरु भएदेखि डलर निरन्तर बलियो तथा नेपाली रुपैयाँ कमजोर हुँदै गएको छ । भारतीय रुपैयाँ (भारु) कमजोर भएपछि डलर मजवुत भई यसको असर नेपाली रुपैयाँमा परेको हो । भारतीय रिजर्व बैंकले १ डलर बराबर ६७.३१ भारु तोकेको छ । दुई साताअघि १ डलर बराबर ६६.६९ भारु बिक्री मूल्य तोकेको थियो । भारतीय अर्थतन्त्र कमजोर भई भारुको अवमूल्यन हुन थालेपछि यसको असर नेपाली रुपैयाँमा परेको हो ।
नेपाली रुपैयाँ तथा भारुबीच स्थिर विनिमय दर (फिक्सड पेग ) भएका कारण भारु कमजोर हुनसाथ नेपाली रुपैयाँ पनि अवमूल्यन हुन्छ । डलर मजवुत भएपछि यसको असर बजार मूल्यमा पर्ने गर्छ ।
तपाईंको प्रतिकृया



