बनेपाको बम सेनाले डिस्पोज गर्‍यो, मंगलटारमा विष्फोट

काठमाडौँ । काभ्रेको बनेपा बुडोलमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ । बाटोमा शंकास्पद वस्तु देखेपछि नेपाली सेनालाई खबर गरिएको थियो ।

अनुसन्धानको क्रममा शंकास्पद वस्तु प्रेसर कुकर बम रहेको पाइएपछि सेनाको डिस्पोजल टोलीले त्यसलाई डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।

बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका ९ मंगलटारमा विष्फोट भएको छ । गएराति ठूलो आवाज सुनिएको भएपनि बम हो या अरु नै केही भन्नेबारे यकिन नभएको एसपी खत्रीले बताए । सो आवाज सुनिएपछि विष्फोटको हल्लाले बीपी राजमार्गमा सवारी अवरुद्ध भएको छ ।

राजमार्गमा पनि बम रहेको हल्लासँगै काभ्रे हुँदै पुर्व हिड्ने यात्रुहरु बनेपामै रोकिएका थिए । अहिले रोकिएका सवारी साधन आवातजावत गर्ने तयारी भइरहेको प्रहरीले बताएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बागमती मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । रामेछापको मन्थली नगरपालिका-३ स्थित …

प्रतिकृया दिनुहॊस