जडीबुटीमा ग्यास बोक्ने बुलेट दुर्घटना, ट्याक्सीमा क्षति

काठमाडौँ । काठमाडौँको जुडिबुटीमा ग्यास बोक्ने बुलेट दुर्घटना भएको छ । । बिहान साढे ५ बजेतिर एन एल ०१ एल २९७५ नम्बरको बुलेट दुर्घटनामा परेको हो ।

सूर्य ग्यास कम्पनीमा ग्यास अनलोड गरेर आएको बुलेट तीव्र गतिका कारण अनियन्त्रित हुँदा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुलेटले ट्याक्सीलाई समेत ठक्कर दिँदा चालक घाइते भएका छन् ।

बा २ ज १५४५ नम्बरको ट्याक्सीलाई ठक्कर दिँदा ट्याक्सी चालक २८ वर्षीय सुजन लामा घाइते भएका हुन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ट्याक्सी क्षतिग्रस्त छ । बुलेट सडकमै पल्टिएपछि केहिबेर सो क्षेत्रको आवागमन प्रभावित भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस