नेपाल बङ्गलादेश बैंकको शाखा भक्तपुर सिरुटारमा

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले शाखा  भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं -१ सिरुटारमा संचालनमा ल्याएको छ ।

उक्त शाखाको औपचारिक समुद्घाटन प्रमुख अतिथी भूतपूर्व उद्योग मन्त्री महेश बस्नेतले गरेका थिए ।

उद्घाटन समारोह बैक संचालक समितिका सदस्य  दिपक कार्कीको सभापतित्वमा भएको थियो भने सो अवसरमा बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैकले प्रदान गर्ने सेवाहरुको बारेमा आफ्नो धारणा राखेका थिए ।

साथै सोही अवसरमा शाखा परिसरमा रहेको एटिएमको सुभारम्भ पनि प्रमुख अतिथी बस्नेतले गरेका थिए ।

बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा संजालमा नयाँ शाखा विस्तार गरेको हो । साथै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री