मुक्तिनाथ विकास बैंकको नाफा ३० प्रतिशतले बढ्यो

काठमाडाै । चालु आर्थिक वर्ष (७७/७८) को दोस्रो त्रैमासमा मुक्तिनाथ विकास बैंकको नाफा ३०.२८ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ७६/७७ को दोस्रो त्रैमासमा बैंकले ४७ करोड २५ लाख नाफा कमाएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६१ करोड ५५ लाख खुद नाफा कमाएको छ ।

साे बैंकको वितरणयोग्य मुनाफा ५२ करोड ५५ लाख रहेको छ । बैंकको निक्षेप ३०.६४ प्रतिशतले बढेर ७४ अर्ब ८७ करोड पुगेको छ भने कर्जा प्रवाह २२.२७ प्रतिशतले बढेर ५८ अर्ब २७ करोड पुगेको छ । बैंकको खुद ब्याज आम्दानी ५.८० प्रतिशतले बढेर १ अर्ब १६ करोड पुगेको छ । ४ अर्ब ८१ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा १ अर्ब ४६ करोड रहेको छ ।

बैंकको खराब कर्जा ०.११ प्रतिशतबाट बढेर ०.३ प्रतिशत पुगेको छ भने प्रति शेयर आम्दानी २५.५९ रहेको छ भने प्रति शेयर नेटवर्थ १३०.४६ रुपैयाँ, र मूल्य आम्दानी अनुपात १४.७३ गुणा, बेस रेट ८.३८ प्रतिशत, स्प्रेड दर ४.९९ प्रतिशत, कोषको लागत ६.२४ प्रतिशत, र सिसिडि ७४.४८ प्रतिशत रहेको बै‌कले जानकारी दिएकाे छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री