प्युठान ।महेन्द्रनगरबाट प्युठानको खलंगातर्फ आउँदै गरेको ना ४ ख १८७६ नम्बरको महाकाली यातायातको रात्री बस दुर्घटना हुँदा चालक सहित ५ जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् । मृत्यु हुनेमा ३ महिला र २ पुरुष रहेका छन् । दुर्घटनाका २५ घाइतेमध्ये १६ जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ भने ९ जनालाई बुटवललगायतका अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया




