बाँकेमा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु

काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट  नेपालगञ्ज उपमहानगरपालिका-१० का ७० वर्षीय पुरुषको सोमबार राति  होम आइसोलेसनमा र नेपालगञ्ज उपमहानगरपालिका-१ धम्बोजीका ४९ वर्षीय पुरुषको भेरी अस्पतालमा मंगलबार बिहान  मृत्यु भएको हो ।

७० वर्षीय पुरुषमा २६ पुसमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै उनी होम आइसोलेसनमा बसेका थिए ।

धम्बोजीका ४९ वर्षीय पुरुषको भेरी अस्पतालमा भर्ना भएको १० मिनेटपछि मृत्यु भएको अस्पतालले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

झापामा छात्रामाथि पूर्वशिक्षकले नै गोली हानेको खुल्यो

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको …

प्रतिकृया दिनुहॊस