एनआईसी एसियाको एटिएम मेसिन फोड्दै गरेका २ जना पक्राउ

काठमाडौं । एनआईसी एसियाको स्वयम्भु शाखामा रहेको एटिएम मेसिन फोड्दै गरेका २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले मेसिन फोड्दै गर्दा  बैतडी महादेवस्थान गाउँपालिका वडा नं ५ स्थायी घर भएका हाल माछापोखरी बस्दै आएका कमल बहादुर धानुक पक्राउ परेका हुन् । फरार रहेका शुरेस धानुक हिजो साँझ पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट मेसिन फोर्न प्रयोग भएका पाइप रेन्ची एक थान, हतौडा एक थान बरामद गरेको छ ।

पक्राउ पर्ने दुई जना दाजुभाई रहेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस