काठमाडौं । सिद्धार्थ बैंकले काठमाडौंको टोखा स्थित फ्रेन्डशिप फाउन्डेशन नेपाललाई सामाजिक उत्तरदायित्वअन्तर्गत दुई लाख आर्थिक सहयोग प्रदान गरेको छ ।
सो रकम बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले फ्रेन्डशिप फाउन्डेशन नेपालका अध्यक्ष प्रकाश बाबु पौडेललाई हस्तान्तरण गरे ।
बैंकबाट प्राप्त सो रकम फ्रेन्डशिप फाउन्डेशन नेपालले गण्डकी प्रदेशको गोरखा सिरानचोक गाँउपालिका वडा नं.१, केराबारी स्थित शिला रेग्मी (आत्रेय)सामुदायिक पुस्तकालयको भवन निर्माण गर्नका लागि उपयोग गर्नेछ ।
तपाईंको प्रतिकृया



