सिद्धार्थ बैंकले ल्यायाे ‘स्मार्ट टेलर’

काठमाडौं । सिद्धार्थ बैंकले नयाँ सेवा “स्मार्ट टेलर” सञ्चालनमा ल्याएको छ ।

बैंकले ग्राहकलाई डिजिटल प्रविधिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यका साथ उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

यस सुविधा सञ्चालन पश्चात् ग्राहकहरुले चेक वा एटिएम कार्ड साथमा नभए पनि क्यूआर कोड स्क्यान गरी आफ्नो बैंक खाताबाट सहजै रकम झिक्न तथा निकाल्न सक्नेछन् ।

जसले गर्दा ग्राहकहरुको समयको बचत हुनेछ र बैंकिङ्ग सेवा अझ बढि सुविधाजनक हुनेछ । ग्राहकहरुले आफ्नो मोबाईल बैंकिङ्ग एप (सिद्धार्थ बैंक स्मार्ट) बाट बैंकको काउन्टरमा रहेको क्यूआर कोड स्क्यान गरी दैनिक एक लाखसम्म र मासिक दश लाखसम्मको रकम निकाल्न सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री