काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदुषण उच्च देखिएको छ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागको आँकडाले पनि उपत्यकाको वायु अत्याधिक प्रदुषित भएकाे जनाएको छ।
अत्याधिक वायु प्रदूषणका कारण यस्तो बेला अनिवार्य मास्क लगाउन, बाहिरबाट आउने खराब हावा प्रवेश गर्न नदिन आफ्नो घर कोठाको झ्याल ढोका बन्द गर्ने, घर बाहिरको शारिरीक अभ्यास नगर्ने र सकेसम्म घरबाहिर ननिस्कन जस्तो जनस्वास्थ्य विज्ञले सल्लाह दिइएको छ ।
संसारकै प्रमुख शहरहरुको रियल टाइम एअर पोलुसनबारे अध्ययन गर्ने वेबसाइट आईक्यूएअर डटकमका अनुसार काठमाडौंमा सोमबारको वायु प्रदूषण खतराको बिन्दूमा पुगेको हो ।
उक्त वेबसाइटका अनुसार काठमाडौंमा वायुको गुणस्तर खराबको सूचीमा १ नम्बरमा रहेको छ ।
तपाईंको प्रतिकृया



