त्रिभुवन विमानस्थलबाट पेस्तोलका ५० थान गोलीसहित २जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित २जना पक्राउ परेका छन् ।

श्री एयरलान्सको उडानबाट झापा जान लागेका मुनादेवी राई र उनका छोरा बद्रीहाङ राई पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरूबाट बरामद भएकाे गाेली ९ एमएमको पेस्तोलमा लाग्ने गाेली भएकाे प्रहरीले जनाएकाे छ ।

उडानपूर्व चेकजाँचको क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ परेका  आमा-छोरा झापा मेचीनगर-२ का स्थायी बासिन्दा रहेकाे खुलेकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री