काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित ‘आइएमई पे’ ले नव वर्ष २०२१ को उपलक्ष्यमा ‘आइएमई पे’ मोबाइल वालेटमार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको छ ।
कम्पनीले प्रत्येक उपयोगकर्ताले १०० रुपैयाँ प्रति महिना क्युमुलेटिभ क्यास ब्याक पाउने जनाएको छ।
विभिन्न मोबाइल नम्बरमा गरिएको कुनै पनि मोबाइल रिचार्ज लेनदेनले कुनै क्यास ब्याक नपाउने कम्पनीले जनाएको छ।
कम्पनीले पूर्ण विवेकाधिकारमा कुनै पूर्व सूचना बिना परिवर्तन र संशोधन र वा फिर्ता लिने अधिकार राख्नेछ।
यो अफरसँगै कोरोना भाइरस (कोभिड–१९)को बढ्दो प्रभाव र अपनाउनुपर्ने सूरक्षा सतर्कताअन्तर्गत सामाजिक र भौतिक दूरी कायम गर्न आम उपभोक्तालाई सहज हुने कम्पनीले जनाएको छ ।
तपाईंको प्रतिकृया



