काठमाडौं । काठमाडौं उपत्यकामा आज आईतबार ३४८ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आजकाठमाडौंमा २५८, भक्तपुरमा २५ र ललितपुरमा ६५ जना संक्रमित थपिएका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ भने मृत्यु हुनेको संख्या १ हजार ६९८ पुगेको छ ।
संक्रमित मध्ये २ लाख ३५ हजार ७३१ जना उपचारपछि निको भएका छन् ।
तपाईंको प्रतिकृया




