काठमाडौ । ग्लोकल प्रा. लि. द्वारा आयोजित “ग्लोकल टीन हिरो २०२०” को उपाधि रामेछापकी मन्दिरा श्रेष्ठले जित्न सफल भएकी छन् ।
किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम “वाई वाई ग्लोकल टिन हिरो” नेपालको यो छैठौं संस्करण हो ।
अनलाईन कार्यक्रमकोबीच ग्लोकल टीन हिरो नेपाल, २०२० को घोषणा गरिएको हो ।
भर्चुअल कार्यक्रममा श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालय, रामेश्वर रे यादबले बिजेताको घोष्णा गरे । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा यो कार्यक्रम सन्चालन गरिएको थियो ।
वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी ः एकराज घिमिरे, बातावरण विद्स मन्दिरा श्रेष्ठ, स्वास्थ्य अभिएन्तास रीत काफ्ले, शिक्षिकास सुभाश शर्मा, कोडरस सुलव सुबेदी, नवप्रबर्दक र वैभव नाहटा, उद्द्यमीबीच प्रतियोगिताको बिजेता चयन गरिएको थियो ।
मन्दिरा श्रेष्ठ रामेछापकी १९ वर्षीया स्वास्थ्य कार्यकर्ता कर्मी एवमं अभियन्ता हुन् । उनले “युपीआरमा बाल नेतृत्वको रिपोर्ट, २०२०” को टीम लीडरको रूपमा काम गरेकी छिन् ।
उनी एकीकृत राष्ट्रिय किशोर किशोरी फोरमको सदस्यको रूपमा पनि सक्रियरुपमा सहभागी भईरहेकी छिन् । त्यस्तै शिक्षामा महिलाको पहुचका लागि काम गर्दै उनी “ट्री पद्ममा चाईल्ड क्लबमा” सामाजिक स्वयम्सेवकको रुपमा काम गरिरहेकी छिन् । स्वास्थ्य क्षेत्रमा कामको अनुभब बटुलदै उनी एसआरएचआर क्षेत्रमा प्रशिक्षकको रुपमा पनि अग्रसर छिन ।
देश भरिका किशोर किशोरीहरुबाट कुल ६०४ आवेदन आएकोमा आज ग्लोकल टीन हिरो उपाधिबाट सम्मानित गरिएको हो ।
यी किशोरकिशोरीहरु समाजसेवा, बालअधिकार, खेलकुद, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, प्रविधि र उद्यमशीलता, बातावरण संरक्षणजस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन । समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको छ ।
नेपालबाट २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि २०१६ सम्ममा यसले नेपालकाकै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो ।
हालसम्म नेपालका ५ किशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ भने ग्लोकल टिन हिरो ईन्डिया बाट दुईजना सम्मनित भएका छन र श्रिलंकामा एक किसोरि सम्मनित भएका छन ।
वाई वाई ग्लोकल टिन हिरो २०२० उपाधिको माध्यमबाट उनीहरुलाई थप प्रोत्साहन गरी उनीहरुलाई संसारमाझ चिनाएर अरु किशोरकिशोरीहरुलाई प्रेरणा दिलाउनु पनि यस कार्यक्रमको महत्वपूर्ण उदेश्य रहेको छ ।
अन्तिम ६ प्रतिस्पर्धीकोे कामको सुरुवात र प्रभावको आधारमा र व्यक्तित्व मापदण्ड, ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता भएको थियो र आजको समरोहमा २०२० को बिजेता घोषणा गरिएको थियो ।
यस बर्षको निर्णायक टोलीमा अब्दुल्ला टुन्सर केइसी (टर्कीस एयरलाइन्सका महाप्रबन्धक), उज्ज्वल श्रेष्ठ (पञ्चकन्या समूहका कार्यकारी निर्देशक), रितु एस वैद्य (प्रबन्ध निर्देशक, युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.), वरुन चौधरी (चौधरी समूहका कार्यकारी निर्देशक) र अनिल चित्रकार (सिद्धार्थ इंकका अध्यक्ष) रहेका थिए ।
यस बर्षको अन्तिम ६ प्रतिस्पर्धीहरुले ६ दिन लामो क्षमता बिकास कार्यशालामा सहभागी हुने अवसर प्राप्त गरेका थिए । यस वर्ष प्रतिस्पर्धा विभिन्न स्कूल, कलेज र समुदायहरूमा अन्तर्क्रिरयात्मक सत्रहरू र अनलाइन सक्रियता कार्यक्रम मार्फत किशोर किशोरीहरूमा राष्ट्रव्यापी पुगेको थियो ।
स्थापनाको वर्षमा, यो काठमाडौं उपत्यका भित्र मात्र सिमित भएता पनि अहिले आवेदनहरू देशका विभिन्न कुनाबाट आएका थिए ।
देशका विभिन्न स्कूल र कलेजहरूमा सक्रियता र सूचना सत्र सञ्चालनपछि यस वर्ष किशोर किशोरीहरूको लागि कुल अनलाइन पहुँच १०,००,०००ं रहेको थियो ।
देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन ग्लोकलसँग बिभिन्न सँगसंस्थाहरु साझेदारका रुपमा जोडीएका थिए ।
ग्लोकल प्रा लि ले शीर्षक साझेदारको रूपमा वाई वाईसँग साझेदारी गरेको थियो, रणनीतिक साझेदारको रूपमा भारतीय दूतावास र युरोपेली संघ, पहल साझेदारको रूपमा सोल्टी क्राउन प्लाजा, पार्ट्नरका रुपमा कोका कोला, होन्डा, टोयोटा, पंचकन्या, डोल्मा, डिश होम फाइबरनेट, ब्रिटिश कलेज र डब्ल्यूडब्ल्यूएफ नेपाल, आतिथ्य पार्टनरः कोजी होम बीएन्डबी, एयरलाइन्स पार्टनरः टर्किर्श एयरलाइन्स, टेलिभिजन पार्टनर ः योहो टि.भी Education पार्ट्नरमा किंग्स कलेज, चेल्सी र विद्या संस्कार, PR Partner: V – Chitra र समर्थकमाः वर्ल्ड लिंक, ईसेवा, डिश होमगो , युवा, नेपाल युवा परिषद,, AYON, Kwiks, View Your Choice, Genesis Cloud Academy रहेका थिए ।
किशोरावस्था र उनीहरूको सामाजिक कार्य परियोजनाहरूको राष्ट्रिय मान्यतालाई प्रोत्साहित गर्नु बाहेक, ग्लोकल टीन हीरो अवार्डले युवा नेतृत्व, नवीनता, र देशभर सामाजिक दृष्टिकोणले सकारात्मक प्रभाव पार्ने दिशामा उनीहरूको पाइलाहरू अनुसरण गर्न प्रेरणा दिइरहेका छ् र प्रशस्त अवसरहरू प्रदान गर्दै आएको छ ।
वाई वाई ग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलन २०२० सम्पन्न
ग्लोकलले डिसेम्बर ९, १० र ११ गतेका दिन वाई वाई ग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलन पनि भव्यताका साथ सम्पन्न भएको थियो ।
राष्ट्रिय विकासका बाधाहरु र संसारका विविन्न मुद्धाहरुलाई बुझ्न किशोरकिशोरीहरुको लागि यो एक मौकाको रुपमा आयोजना गरिएको थियो । यस सम्मेलनमा राष्ट्रिय तथा अन्तरास्ट्रिय किशोरकिशोरीहरुको उपस्थिति रहेको थियो ।
यसबर्षको सम्मेलन ग्लोकलको चौथो संस्करण रहेको थियो भने अफगानिस्थान, भारत, बंगलादेश, इन्डोनेसिया, अमेरिका, लन्का, पाकिशतान तथा भीएतनाम लगाएतका देशहरुबाट उनीहरु सम्मेलनमा अन्लाईन उपस्थिती जनाएका थिए।
उक्त सम्मेलनमा किशोरकिशोरीको अनुभव, विचार छलफल तथा ३ छुट्टा छुट्टै प्यानल छलफल भएको थियो । प्यानल छलफलका विषय उद्यमशीलता, शसक्तिकरण तथा सामाजिक दृष्टिकोण रहेको थियो ।
ग्लोकल अन्तरास्ट्रिय टिन सम्मेलन एक त्यस्तो मंच हो जहाँ किशोरकिशोरीहरुले उद्यमशीलता, शसक्तिकरण तथा सामाजिक दृष्टिकोण बारेमा सिक्न सक्छन । मित्रता गास्न र एक अर्काको संस्कृति बझन अन्तरक्रिया कार्यक्रम पनि राखिएको थियो ।
ग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलन संसारभरीका किशोरकिशोरीहरु संग सञ्जालको शुरुवात र विकास को अवसरहरु पहिचान गर्ने अवसर हो।
दिगो मित्रता निर्माण र सांस्कृतिक आदानप्रदान का साथै उनीहरूको विचारहरु, दीक्षा, अन्तरदृष्टि, दृष्टिकोण र अनुभव साझा गर्न र विश्व मामिला आधारित प्रभावमा किशोरकिशोरीहरुलाई प्रतिबिम्बित गर्नु पनि यो सम्मेलन को लक्ष्य हो ।
सम्मेलनको दौरान बिभिन्न सत्र र प्यानल छलफलका साथै दुई विभिन्न कार्यशालाहरू पनि आयोजना गरिएको थियो। कार्यशाला शौरब लोहानीद्वारा ग्रोथ माइन्डसेटको बारेमा आयोजना गरिएको थियो जुन किशोर किशोरीहरूलाई उनीहरूको निश्चित मानसिकताबाट मुक्त हुनका लागि र व्यक्तिगत र व्यावसायिक जीवनमा अथाह प्राप्त गर्न मद्दत गर्ने प्रयास हो।
त्यस्तै, उद्यमशीलता सम्बन्धी कार्यशालामा अन्ताप्रेरणाका सीईओ तथा संस्थापक नीरज खनाल ज्युबाट उनीहरूले उद्यमी सम्भावना र मानसिकता विकास गर्ने विचार प्राप्त गरे जुन २१ औं शताब्दीको एक आवश्यक सीप हो ।
सम्मेलनको एक सबै भन्दा रोमाञ्चक क्षेत्र परामर्श सत्र थियो । सम्मेलनका सहभागीहरूले शिक्षा, उद्यमशीलता, कूटनीति, लगायत नेपालका विभिन्न क्षेत्रका नेताहरूसँग कुराकानी गर्ने अवसर पाएका थिए ।
परामर्शदातामा लतिका गोल्यान, निर्देशक, गोल्यान समूह, नरोत्तम अर्याल, अध्यक्ष, किंग्स कलेज, नेपाल, अमुन थापा, संस्थापक तथा सीईओ सस्तो डिल र फैजा परविन, ओपन स्पेस नेटवर्कका संस्थापक, सृष्टि के.सी, डब्लु डब्लु यफ नेपालको अभियान र शिक्षा अधिकारी, गौरव कँडेल, संस्थापक,भ्यू योर चोइस, मनोज ज्ञवाली, नाबिल बैंकका उप महाप्रबन्धक, र दीपेन्द्र बज्राचार्य, माइक्रोसफ्टबाट थिए ।
तीन दिने वाई वाई ग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलन विभिन्न देशका प्रतिभाशाली किशोर किशोरीहरुको उपस्थिति र उत्पादक अन्तर्क्रिरया, छलफल र प्रेरणादायक परामर्शसत्र सहीत औपचारिक रुपमा सफलतापूर्वक समापन गरीयो ।



