पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका प्रवक्ता बिनितमणि उपाध्ययका अनुसार गए राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मट्टीतेलमा दुई रुपैयाँले मूल्य बढाइएको हो ।

मूल्य बढेसँगै पेट्रोलको बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मट्टीतेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको भाउ भने यथावत राखिएको समेत निगमले जनाएको छ । आइओसीले डिसेम्बर एकमा दिएको नयाँ मूल्य सूचीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री