सिटी एक्सप्रेस र कुवेतको अल मुजैनी एक्स्चेन्ज बिच रेमिट्यान्स सेवा शुरु

काठमाडौं । मेगा बैंक तथा सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहकार्यमा कुवेतको मनी ट्रान्सफर अल मुजैनी एक्स्चेन्ज बिच रेमिट्यान्स सेवा शुरु भएको छ । उक्त सेवा अन्तर्गत अल मुजैनी एक्स्चेन्जको ८६ भन्दा बढि रेमिटान्स सेन्टरहरु बाट मेगा बैंक मार्फत सिटी एक्सप्रेसको कुनै पनि ५५०० एजेन्टहरु र मेगा बैंकको ४७ ब्रान्चहरुबाट नगद वा कुनै पनि बैंक खातामा पैसा जम्मा गर्न सकिने  वतार्इएकाे छ ।

अल मुजैनी एक्स्चेन्जका उच्च अधिकारीहरुले सिटी एक्सप्रेस तथा मेगा बैंकको सहकार्यमा सम्झौता भएकोमा खुशी लागेकाे वताएका छन् । यससँगै आगामी दिनहरुमा नयाँ प्रविधि तथा बृहत बजार रणनितीको साथ अगाडी बढ्ने उनीहरूले बताएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री