एन आई सी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको उपाध्यक्षमा निर्वाचित

काठमाडौं । एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको उपाध्यक्ष निर्वाचित भएकोमा बैंकले बधाई दिँदै सफल कार्यकालको कामना गरेको छ।

विगत ३० वर्ष देखि विभिन्न उद्योग व्यवसायमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पु¥याउदै आएका उनी  त्रिवेणी ग्रुपको निर्देशक हुन ।

उद्योगी व्यवसायीको रुपमा मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पु¥याए वापत गत वर्ष नेपाल सरकारले उनलाई ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ (Commercially Important Person-CIP) सम्मानबाट विभूषित गरेको थियो ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नबिल बैंकबाट १ करोड ३४ लाख चोर्ने ४ जना पक्राउ

काठमाडौं । नबिल बैंकको वीरगन्ज शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गर्ने …

प्रतिकृया दिनुहॊस