काठमाडाै । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मंसिर १४ गतेबाट बाँके जिल्लाको कोहलपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ । नयाँ शाखा संचालनमा आएलगत्तै बैंकको शाखा संजाल ११४ पुगेको छ । ग्राहकवर्गहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले बाँके जिल्लाको कोहलपुर गा.वि.स. ११ बाट बैकिङ्ग सेवा सुरु गरेको हो ।
सबै क्षेत्रसम्म बैकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याई बैकिङ्ग सेवाहरु ग्राहकवर्गहरुलाई प्रदान गदै आएको छ । अन्य जानकारीका लागि बैंकको आधिकारीक वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यलयहरुमा सम्पर्क राख्न बैंकले अनुरोध गरेकाे छ ।
प्रतिकृया दिनुहॊस