काठमाडौं ।
सिईओ र विभिन्न विभागका वीचमा समन्वय गरिदिने काम डेपुटी सिईओको हो । नीति बनाउने काममा पनि डेपुटीकै हात हुन्छ । सिईओको प्रमुख काम बैंकको सम्पूर्ण कार्यलाई मनिटरिङ गर्ने हुन्छ । तथापि पूरा बैंकको गतिविधिलाई सम्हाल्न सिईओ एक्लैले सक्ने कुरो भएन । विभागीय कार्यलाई विभागीय प्रमुखहरुका वीचमा समन्वय गरेर सिईओको टार्गेट पूरा गर्नका लागि डेपुटीको आवश्यकता पर्ने हो । अधिकारप्राप्त क्षेत्रलाई ब्यवसायिकरुपमा अगाडि बढाउने काममा पनि यो पदको भूमिका हुन्छ । विशेषतः डेपुटी सिईओको काम भनेको कलेक्टिभ रिर्पोटिङ गरेर विभिन्न विभाग र सिइओको बीचमा तालेमेल मिलाउने नै हो । सिटिजन्स बैंक ईन्टरनेशनलमा यसरी नै काम हुँदै आएको छ ।
सरसर्ती हेर्दा डेपुटी सिईओकोे महत्वपूर्ण जिम्मेवारी नदेखिन सक्छ, तथापि कुनैपनि बैंकमा सेकेण्ड पर्सनको धेरै ठूलो जिम्मेवारी हुनेगर्छ । क्रेडिट, रेमिट्यान्स, डिपोजिट, अपरेशन, आइटी, सूचना, सीएफओ लगायत रिसर्च एण्ड डेभलपमेण्टको जिम्मेवारी डेपुटीकै भागमा हुन्छ । संस्था अनुसरा विजनेस र अपरेसन बेग्लाबेग्लै ब्यक्तिले हेर्ने प्रचलन पनि छ । डेपुटीको धेरै जिम्मेवारी हुने भएका कारण कतिपय बैंकहरुमा २ देखि ३ जनासम्म नियुक्त गर्ने चलन छ ।
सेञ्चुरी बैंकमा मैले नै यी सबै जिम्मेवारी एक्लैले सम्हाल्दै आएको छु । हामीकहाँ १ जनामात्रै भएका कारण जिम्मेवारी पनि निकै ब्यापक हुने गर्छ । प्रत्येक बैंकको सांगठनिक संरचना अनुसार फरक फरक कार्य गर्ने शैली र तौरतरीका हुन्छ । जुन बैंकमा एकजना मात्रै डेपुटी सिईओ राखिएको हुन्छ, त्यहाँ बैंकको सम्पूर्ण जिम्मेवारी उसैले निर्वाह गर्नुपर्छ, रिस्क, अडिट, एचआर, ब्राण्डिङ र परफरमेन्स बाहेक ।
बैंकको प्रमुख जिम्मेवार ब्यक्ति सिईओ नै हो । सिईओको अनुपस्थितिमा डेपुटीको सोही जिम्मेवारी हुन्छ । सिईओ नभएको समयमा ‘यु ह्याभ टु वर्क लाइक द सिईओ ।‘ नेपाल इण्भेष्टमेण्ट बैंकमा सिईओले बैंकको सम्पूर्ण कार्यप्रगति हेर्ने प्रचलन छ । मेरो जिम्मेवारी भनेको अपरेसन सबै हेर्नुपर्ने हुन्छ । डेपुटीको भूमिका सिईओको जस्तै जस्तै नै हुनेगर्छ ।
बैंकको प्रमुख जिम्मेवारी सिईओकै हुन्छ तर सिईओ एक्लैले सबै काम गर्न संभव नहुने भएका कारण डेपुटीको आवश्यकता पर्ने हो । बैंकका प्रत्येक क्रियाकलाप सिईओले निगरानी गर्नसक्ने कुरो भएन । कुनैपनि विषय पहिले डेपुटीकोमा आउँछ अनि निर्णयका लागि सिइओकोमा पुग्छ । सिइओ र डेपुटीको सम्बन्ध नङ र मासुको जस्तै हुन्छ । विभागीय प्रमुखहरुले रिर्पोटिङ गर्ने पनि डेपुटीकोमै हो । ब्यापारिक सम्बन्ध विस्तारदेखि लिएर बैंकको चौतर्फी हितका लागि डेपुटी सिईओको भूमिका प्रधान हुन्छ ।
माछापुछ्रे बैंकमा २ जना डेपुटी सिईओ छौं । एकजनाले अपरेसन र अर्कोले विजनेस हेर्दै आएका छौं । यो भनेको सञ्चालन र ब्यवसाय हो । बिजसेनको भाग मैले हेर्दै आएको छु । कर्जा र डिपोजिट, रेमिट्यान्स र डिजिटल बैंकिङको जतिपनि काम हुन्छ, त्यो मेरो जिम्मेवारीभित्र पर्दै आएको छ । देशभरी छरिएर रहेको १ सय ६० वटा शाखाहरुमार्फत कर्जा, डिपोजिट र रेमिट्यान्सको काम मेरो अन्र्तगत पर्छ । सम्बन्ध विस्तार, बोर्ड लगायतलाई ब्यवस्थापन गर्दै राम्रो सम्बन्ध विस्तार गर्ने काम सिईओ भएतापनि विजनेश ’वान टु वान’ हेर्ने, मानव संसाधन लगायतका अतिनै महत्वपूर्ण काम डेपुटी सिईओको नै हुनेगर्छ ।




