काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गति बढीरहेको भए पनि पछिल्ला केहि दिनमा घट्दै गएको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ५८५ जनाको मृत्यु भएको छ ।
भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख ३१ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ३१ हजार ५७८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४५ हजार ५७६ जना संक्रमित पुष्टि भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ८९ लाख नाघेको छ । भारतमा कुल संक्रमित ८९ लाख ५८ हजार ४८४ पुगेको छ ।
भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ । त्यस्तै भारतमा अहिलेसम्म ८३ लाख ८३ हजार ६०३ जना ठिक भएका छन् भने पछिल्लो २४ घण्टामा ४८ हजार ४९३ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । त्यस्तै अहिले भारतमा ४ लाख ४३ हजार ३०३ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म कुल १२ करोड ८५ लाख ८ हजार ३८९ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा १० लाख २८ हजार २०३ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।



